शहिद नेत्रलाल अभागी बहुप्राबिधिक शिक्षालय आफ्नै भवनबाट सञ्चालन हुदैँ

सल्यान २०, आषाढ ।
शहिद नेत्रलाल अभागी बहुप्राबिधिक शिक्षालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ । अहिले द्धारिका प्राथामिक बिद्यालय शारदा नगरपालिका ३ बडाखोलाबाट सञ्चालन हुदैँ आएको शिक्षालय अब वडा नम्बर ४ को लामाडाँडा स्थित आफ्नै भवनबाट सञ्चालनमा हुने भएको हो । जसको लागी अहिले पूर्वाधार निर्माणका कामहरु धमाधम रुपमा भैरहेको छ ।

यही बर्षको भदौँ महिना पछि आफ्नै भवनबाट सञ्चालन गर्ने गरी अहिले शिक्षालय भवन निर्माणका कार्यहरु भैरहेको शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले बताउनुभएको छ । जिल्लामा नै पहिलो पटक स्थापना भएको यस शिक्षालयको लागी अहिले भवन, शौचालय, खेलमैदान, लगाएतका संरचना निर्माणका कार्यहरु भैरहेको उहाँको भनाई छ ।

‘हामीले बडाखोलाबाट पठनपाठन सञ्चालन गरिरहेका छौँ, तर सिमित संरचनाका कारण पठनपाठन लगाएतका कार्यमा केही समस्या भएको छ, अहिले लामाडाँडामा आफ्नै भवन निर्माण भैरहेको छ, जसबाट सहजता आउने हामीले अपेक्षा गरेका छौँ’ उहाँले भन्नुभयो ‘बिभिन्न निर्माण कम्पनी मार्फत संरचना निर्माणका कामहरु भैरहेका छन् ।’

सिटिइभिटि, कर्णाली प्रदेश सरकार लगाएतका बिभिन्न निकायहरुको वजेटबाट संरचना निर्माणका काम भैरहेका छन् । ‘भदौँ सम्म सबै काम सक्ने र असोज देखी आफ्नै भवनबाट पठनपाठन गर्नेगरी तयारी भैरहेको छ’ उहाँले भन्नुभयो । यस शिक्षालयबाट तीन बर्षे कोर्ष तर्फका सिभिल इन्जिनियरिङ र भेटेरीनरीको पढाइ भैरहेको छ ।

शिक्षालयका सुचना अधिकारी इन्द्र कुमार शर्माले शिक्षालय आफ्नै भवनबाट सञ्चालन भएपछि पठनपाठनमा थप सहजता आउने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पूर्वाधार बिशेष कार्यक्रम मार्फत मूख्य सडक देखी शिक्षालय सम्म पुग्नलाई ७ सय ४० मिटर सडकको पक्की नाला सहित ग्राभेलिङ, मेसेनरीवाल निर्माणको काम पनि भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित