सल्यान २१ आषाढ ।
सल्यानको शारदा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । गत असार १० गते पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिले स्वीकृत गर्दै सभा सम्पन्न भएको हो । सातौ नगरसभामा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार बिकास र रोजगारी श्रीजना गर्ने उद्धेश्य सहितको कार्यक्रम र बजेट पेश गरिएको गरिएको थियो ।
नगरसभामा बोल्दै नगरप्रमुख सुरेश अधिकारीले सिमित श्रोतका बिच काम गर्नुपर्ने बाध्यता रहेकोभन्दै बजेटमा सकेसम्म सवै क्षेत्रलाइ समेट्ने प्रयास गरिएको बताउनु भएको छ । उहाँले तत्कालिन रुपमा नगरवासीको स्वास्थ्य हेरचाह पहिलो प्राथमिकता रहने भन्दै शिक्षा, कृषि र पुर्वाधार बिकासलाई पनि जोड दिइएको बताउनुभएको हो ।
शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले यहि असार १० गते नगरसभामा बजेट प्रस्तुत गर्नुभएको थियो । जिल्लाको शारदा नगरपालिकाले रु. ४९ करोड ९९ लाख १२ हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेको थियो ।