सल्यानका थप पाँच जनाले कोरोनालाई जितेर घर फर्किए

 

सल्यान २१, आषाढ ।
सल्यानका थप ५ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाको दार्मा गाउपालिकाका ५ जना संक्रमितले कोरोनालाई जितेर आइतवार घर फर्किएका हुन् । जिल्लाको सदरमुकाम स्थित लुहापिङ आइसोलेसनमा रहेका उनीहरु डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आई क्वारेनटाइनमा बसेका नागरिक हुन् ।

यससँगै जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ । अव सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा मा १ जना, लुहापिङ आइसोलेसनमा ३० जना, बन्गाडको आइसोलेसनमा १९ जना र कुमाख गाउपालिकाका ८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । जिल्लामा अहिलेसम्म २ सय १५ जनामा कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस