सल्यान २१, आषाढ ।
सल्यान देखी रुकुम पश्चिम जोड्ने सल्लि चौरजहारी सडक खण्ड अविरल वर्षातका कारण ठाउँ ठाउँमा भासिएको छ । कतै पहिरोले पुरिएको छ भने कतै सडकको माटो वगाएर खाल्डाखुल्डी बनाएको छ । खोलाहरुमा सडक चिरेको छ । राज्यको नजरमा नपरेको यो सडक स्थानीय निकायहरु पनि वर्षातले विगारेको सडक मर्मत तर्फ चासो दिएका छैनन् ।
सल्लि चौरजहारी सडक खण्डको कुमाख गाउँपालिकाको वडा २ नजिकै खारखोला र वराइजिउलामा सडक छेदविच्छेद भएको स्थानीय देवेन्द्र रावतले वताउनु भएको छ । कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिम चौरजहारीमा रहेको सडक डिभिजन कार्यालय वेखबर वनेको छ । सडक सुचारू तर्फ कसैले चासो नदिदा स्थानीयलाई आवत जावतमा कठिनाइ भएको छ ।
गाडि त पैदल हिडुल गर्न सकिने अवस्था समेत नरहेको रावतको भनाइ छ । सडक स्तरवृद्धि र सुधार नहुदा नागरिकले निकै पीडा खेपिरहेका छन् । उक्त सडकको ट्र्याक खोलिएको करिव दुई दशक वित्न थाल्यो तर कुमाखको स्यानिपिपलि मर्मजिउलाको खोला र बनगाड खोलाको नाथेखोलामा पक्कि पुल नबन्दा बर्सेनि नागरिकले दुख खेपिरहेका छन् । वर्षातमा सडक हिलाम्मे हुदा गाडिहरु चल्न कठिनाइ हुने गरेको छ भने त्यसैमा उक्त दुई खोलामा पानिको सतह वढे पछि सवारी साधान ठप्प हुने गर्छन् ।