आर्थिक अभावका कारण सल्यान की ८ बर्षिया आयुष्माको उपचारमा समस्या

सल्यान २१, आषाढ ।
आर्थिक अभावका कारण छोरीको उपचारमा समस्या भएपछि सल्यानको एक परिवारले सहयोगको लागी आग्रह गरेको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर ३ फँलाटे, चोरपानी निवासी ८ बर्षिया आयुष्मा चन्दको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको लागी सबैमा आग्रह गरेको हो ।

पेट र खुट्टामा आएको समस्याका कारण उनको अहिले बि एण्ड बि हस्पिटल ललितपुरमा उपचार भैरहेको छ । छोरीको उपचारको लागी देशका बिभिन्न अस्पतालहरुमा धाउदा धाउदा आफु सँग भएको रुपैँया सकिएको र थप उपचारको लागी आर्थिक अभाव हुदाँ समस्या भएको बुवा चित्र बहादुर चन्दले बताउनुभयो । अहिले सम्म छोरीको उपचारमा करिब १० लाख रुपैँया बढी खर्च भएको उहाँको भनाई छ ।

आयुष्माको शारदा मेट्रो श्रीनगर, शिक्षण अस्पताल कोहलपुर, क्यान्सर अस्पताल भरतपुर चितवन, एचआरडिसी हस्पिटल काठमाण्डौँ हुदैँ अहिले बि एण्ड बि हस्पिटल ललितपुरमा उपचार भैरहेको छ । ‘घरमा भएको सबै पैसा सकियो, खुट्टा र पेटको अप्रेशन चार्ज सहित औषधि लगाएतमा करिब १० देखी १५ लाख रुपैँया तयार पार्न अस्पतालले भनेको छ’ बुवा चित्र बहादुरले भन्नुभयो ‘घरको आर्थिक अबस्था कमजोर हुदाँ निकैँ समस्या भएको छ ।’

छोरी आयुष्माको अहिले शल्यक्रिया पश्चात स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको छ । तर आर्थिक अभाव हुदाँ समस्या भएकाले सक्दो सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहाने सहयोगी मनले लक्ष्मी बैँकमा रहेको खाता नं. ०४०२३०१०४२४ वा मोवाइल नम्वर ९८६५०५२२७२ वा ९८२९८०५१८७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस