सल्यान २२, आषाढ ।
सल्यान जिल्ला अस्पतालले आज देखी नियमित रुपमा सेवा प्रदान गर्ने भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा गत असार ९ गते कोरोना संक्रमण पुष्टी भएपछि असार ११ गते देखी आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो ।
झण्डै डेढ हप्ता पछि सम्पूर्ण सेवाहरु आज सोमवार देखी नियमित गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । असार २१ गते कोरोना संक्रमित स्वास्थ्यकर्मी सहित सल्यान जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएकाले अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु आज देखी नियमित रुपमा सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।