बन्गाड कुपिण्डे नगरपालिकाको भवन निर्माण हुदैँ : मेयर पुनद्वारा शिलान्यास


सल्यान २२, आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको भवन निर्माण कार्य शुरु भएको छ । नगरको मुकाममा पाँच करोड बढीको लागतमा भवन निर्माण कार्य शुरु भएको हो । प्रशासयिक भवनको आइतवार नगरप्रमुख गोबिन्द कुमार पुनले शिलन्यास गर्नुभएको छ । भवन शिलन्यास गर्दै उहाँले तोकिएको समयमा नै गुणस्तरीय काम गर्न सुझाव दिनुभएको छ ।

एक वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरि रु.५ करोड २९ लाखमा यसोसेट जय भवानी जेभिले निर्माण कार्य सुचारु गरेको छ । इन्जिनियर महेश देवकोटाले भवनको डिजाइन स्टेमेट र ५ सय क्षमताको हल सहित २८ कोठा बन्ने लागत मुल्यका विषयमा जानकारी दिनुभएको थियो ।

भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । वडाअध्यक्ष शान्त कुमार यरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक भिम पुनले गर्नुभएको थियोे । निर्माण कम्पनीले तोकिएको समयमा नै भवन निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस