सल्यानको श्रीनगर टाउन प्लानिङ्ग क्षेत्र भित्रका सडक कालो पत्रे : मेयर अधिकारीद्धारा उद्घाटन

सल्यान २२, आषाढ ।
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर टाउन प्लानिङ्ग क्षेत्र भित्रमा सडक कालो पत्रे गरिएको छ । कर्णाली प्रदेश सरकार र शारदा नगरपालिका सल्यानको समपुरक वजेटबाट पक्की नाला सहित सडक कालो पत्रेको काम सकिएको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको बिशेष पहलमा प्रदेश सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत गरि भ्याट सहित रु. १ करोड २६ लाख ८९ हजार ७ सय १४ मा पक्की नाला सहित सडक कालो पत्रेको काम सकिएको हो ।

असार ४ गते देखी सडक कालो पत्रेको काम शुरु गरिएको थियो । जसमा कामको जिम्मा लक्ष्मण/निसान भूमि जेसी सितलपाटीले लिएको थियो । तोकिएको समयमा नै काम सम्पन्न गरेको जेभिका डिल्ली प्रकाश केसीले जानकारी दिनुभयो । टाउन प्लानिङ्ग क्षेत्र भित्रमा करिब ७ सय ५० मिटर सडक कालो पत्रे गरिएको उहाँको भनाई छ ।

यसैबिच कालो पत्रे सडकको सोमवार उद्घाटन गरिएको छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले कालो पत्रे सडकको उद्घाटन गर्नुभएको हो । सो अबशरमा उहाँले पूर्वाधार बिकासलाई नगरपालिकाले प्राथामिकतामा राखेको बताउदैँ श्रीनगर वजारलाई ब्यबस्थित र सुन्दर बनाउन आफुले पहल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित