घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा सल्यानमा एक महिला घाइते

सल्यान २२, आषाढ ।
सल्यानमा भालुले आक्रमण गर्दा एक महिला घाइते हुनुभएको छ । घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर १ निवासी ५२ बर्षीया बुधि रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज बिहान ७ वजे ती घर नजिकै रहेको पातेटाकुरा जंगलमा घाँस काट्न गएको बेला भालुले आक्रमण गरेको थियो । उहाँको अहिले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस