सल्यान २५, आषाढ ।
सल्यानमा मास्क नलगाएर घर बाहिर निस्किएमा जरिवाना तिर्नुपर्ने ब्यबस्था गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने ब्यबस्था गरिएको हो । यदी कसैले घर बाहिर निस्कदा मास्क नलगाएको पाइएमा रु. एक सय जरिवाना तिर्नुपर्ने ब्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साथै अति आबश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘बन्दाबन्दीको अहिलेको अबस्थामा यदी कुनै काममा घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ, यदी कोही कसैले मास्कको प्रयोग नगरी घर बाहिर निस्किएको पाईएमा रु. एक सय जरिवाना गरिन्छ’ उहाँले भन्नुभयो ।
यस्तै बारबार कानुन उलंघन गरेर मास्क नलगाएको पाइएमा अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०६ वमोजिम ६ महिना सम्म कैद वा ५ हजार रुपैँया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उहाँको भनाई छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी देश बन्दाबन्दी भएको ३ महिना बढी भएको छ भने मास्क लगाउन, साबुन पानीले हात धुन, भिडभाडमा नजान लगाएतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।