सल्यानका थप ४ जना कोरोना संक्रमित निको भए

सल्यान २५, आषाढ ।

सल्यानका थप ४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । खलंगा स्थित लुहापिङ आइसोलेनमा रहेका बन्गाड कुपिण्डे नगरपालिकाका ४ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । पछिल्लो पटक गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

उनीहरुलाई थप केही दिन होम क्वारेन्टाईनमा बस्न सुझाव समेत दिइएको छ । यस सँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ । जिल्लामा हाल सम्म २ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस