सल्यानमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यू, एक घाइते

फाइल फोटो

सल्यान २५, आषाढ ।

सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ४ सरसुखोलाबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नम्वरको ट्याक्टर बिहिबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कुमाख गाउँपालिका वडा नम्वर ५ झारकाँडाका ट्याक्टर मालिक तिलक थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै सो दुर्घटनामा परेर सहचालक कुमाख गाउपालिका ५ कै २१ बर्षिय प्रेम कुमाई घाइते भएका छन् । उनलाई थप उपचारको लागी नेपालगन्ज पठाइएको छ । घटनाका वारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस