बागचौर नगरपालिकामा ७१ करोड ६३ लाख बढीको वजेट पारित

सल्यान २६, आषाढ ।
सल्यानको बागचौर नगरपालिकाले ७१ करोड बढीको वजेट सार्वजनिक गरेको छ । नगरपालिकाको छैटौँ नगरसभा मार्फत रु. ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाँको बजेट पारित भएको हो । ‘समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता : आर्थिक तथा पूर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन भएको छैठौं नगरसभाबाट वित्तिय समानिकरण, अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकार, आन्तरिक स्रोत गरेर जम्मा ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाँको बजेट नगर उपप्रमुख कल्पना पुनले सभामा प्रस्तुत गर्नु भएको थियो ।

सो अबशरमा नगरप्रमुख लोकमान बुढाथोकीले श्रम तथा रोजगार, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कला साहित्य र संँस्कृती, पूर्वाधार विकास, बन वातावरण तथा बिपद, सुशासन तथा संस्थागत विकास, सूचना सञ्चार तथा प्रविधि, न्याय तथा कानुन, बित्तीय व्यवस्था लगायतका क्षेत्रलाई समेटेर वजेट सार्वजनिक गरिएको बताउनुभएको छ ।

यस नगरपाललिकाले बालबालिकासंँग मेयर कार्यक्रम, जनतासंँग जनप्रतिनिधि कार्यक्रम, उपप्रमुखसँग आज कार्यक्रम, आमाबुवा दुवै गुमाएका १० वर्ष मुनिका बालबालिकालाई वार्षिक रूपमा ५ हजार प्रदान गर्ने, २० रोपनी भन्दा बढी जग्गा कृषि क्षेत्रमा प्रयोग गर्ने, प्रति घर परिवारलाई ५० हजार प्रोत्साहन स्वरूप प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस