सल्यान २८, आषाढ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा भेटिएका कोरोना संक्रमित मध्ये अहिले सम्म ७७ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा भेटिएका २ सय २५ जना कोरोना संक्रमित मध्ये अहिले सम्म १ सय ७४ जना निको भएका छन् । यस्तै ४९ जना आइसोलेसनमा रहेका छन् ।
‘कुमाख गाउपालिकामा भेटिएका संक्रमितलाई लुहापिङ आइसोलेसनमा र छत्रेश्वरीमा भेटिएका संक्रमितको भोटेचौरमा रहेको आइसोलेसनमा राख्ने तयारी भैरहेको छ’ स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले भन्नुभयो । उहाँका अनुसार हालसम्म सबै भन्दा धेरै बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ५१ जनामा कोरोना पुष्टी भएको छ ।
यस्तै कुमाख गाउँपालिकामा २७ जना, दार्मा गाउँपालिकामा १५ जना, बागचौर नगरपालिकामा ११ जना, त्रिवेणी गाउँपालिकामा ८ जना, शारदा नगरपालिकामा ४ जना, सिद्ध कुमाख गाउँपालिकामा ३ जना, कपुरकोट गाउँपालिकामा २ जना, कालिमाटी गाउँपालिकामा २ जना, छत्रेश्वरी गाउपालिकामा १ जना र सल्यान जिल्ला अस्पतालका १ जना कर्मचारीमा कोरोना पुष्टी भएको छ ।