सल्यान २९, आषाढ ।
सल्यानको सल्ली चौरजहारी सडक खण्डको बिचमा निर्माणाधिन पक्की पुल अलपत्र परेको छ । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै पुल निर्माणको काम नगर्दा बिगत ४ बर्ष देखी पुल अलपत्र परेको हो । सल्यानको सल्लीवजार देखी रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक खण्डको जग्गा विवादको बहाना बनाउदैँ निर्माण कम्पनीले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ नाथेखोलामा निर्माणाधिन पक्की पुल अलपत्रल परेको छ ।
२०७४ साल पुषमा निर्माण सम्पन्न हुने पुल २०७७ लाग्दा समेत सम्पन हुन सकेको छैन् । रु. ४ करोड १७ लाख लागतमा हरीहरी कन्ट्रक्सनले कामको ठेक्का पाएको थियोे । अहिले सम्म पुलको ९० प्रतिशत काम सम्पन्न भैसकेको छ । तर स्थानिय लक्ष्मी कामीको परिवारले मुआब्जा माग गरेर पुल निर्माण कार्यमा अबरोध गरेपछि समस्या भएको छ । उनीहरुले एउटा पिलरमा काम गर्न नदिएर अवरोध सिर्जना गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीको तर्फबाट २ वर्ष अघि जग्गाधनीलाइ ८० हजार रुपैयाँ दिएको थियोे भने यसपटक १० आना जग्गाको सरकारी दररेट अनुरुप ४६ हजार रुपैयाँ क्षेतिपुर्ती आएको छ तर उनीहरुले लिन मानिरहेका छैनन् । पुलको विवाद सुल्टाउन र पिडित परिवारलाई क्षतीपुर्ती वाफतको रकम वुझाउन नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, वडाअध्यक्ष मोमत रोका, कमल विक, सडक डिभिजन दाङको टोली पुल निर्माणाधिन क्षेत्रमा गएको थियो ।
तर पिडित परिवारले रकम बुझ्न नमानेपछि त्यसै फर्किएको छ । स्थानियको उक्साहका कारण सो परिवारले क्षतीपुर्ती बाफतको रकम नबुझेको नगरपालिकाले जनाएको छ । पुलको निर्माण कार्य सम्पन्न नहुदाँ बर्षायाममा गाडी आवतजावतमा समेत समस्या हुने गर्दछ । एक परिवारका कारण सयौँ हजारौँ नागरिकले यहाँ सास्ती पाएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।
‘समयमा नै पुल निर्माण कार्य सम्पन्न नहुदाँ यहाँ हजारौँ नागरिकहरुले सास्ती पाउदैँ आएका छन्, प्रहरी परिचालन गरेर पुलको काम अघि वढाउने तयारी समेत गरेका थियौँ तर जिल्ला प्रशासन कार्यालय सल्यानले अनुमती दिएन’ उहाँले भन्नुभयो । अहिले जसरी पनि पुल निर्माण कार्य सम्पन्न गर्ने भनेर जनस्तरबाट जवाव सिर्जना भएको उहाँको भनाई छ ।
तत्काल सल्लि चौरजहारी सडक खण्ड निर्माणाधिन पुलको काम सम्पन्न नभएमा सदाका लागि सडक गरिदिने भन्दै स्थानिय आक्रोशित वनेका छन् ।