एथ्लेटिक्स प्रशिक्षक सल्यानका राईलाई ‘ब्रेन ट्युमर’ सँगै क्यान्सर

सहयोगको लागी अपिल

सल्यान २९, आषाढ ।
एथ्लेटिक्सका सहायक प्रशिक्षक सल्यानका रबिनकुमार राई ‘ब्रेन ट्युमर’ रोगबाट थलिनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अस्थायी प्रशिक्षक राई ब्रेन ट्युमरको शल्यक्रिया पुरा गरेर क्यान्सरसंग लडिरहेनु भएको हो । सल्यानको शारदा नगरपालिका २ खलंगा स्थायी घर भएका राईले २०५२ सालदेखि सहायक प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएको छ ।

मोफसलमा रहेर एथ्लेटिक्सका खेलाडी उत्पादनमा राईले महत्वपूर्ण योगदान गर्दै आएको एथ्लेटिक्स संघका पूर्वमहासचिव तथा मुख्य प्रशिक्षक शुशील नरसिंह राणाले बताउनुभयो । दक्षिण एसियाली खेलकुद सागमा पदकधारी खेलाडी सल्यानकी पुष्पा भण्डारी प्रशिक्षक राईकै उत्पादन हुनुहुन्छ । २०६८ सालको राष्ट्रिय खेलकुद प्रतियोगिताबाट घरेलु एथ्लेटिक्समा उदाएकी पुष्पालाई राईले नै प्रशिक्षण दिनुभएको थियो ।

मोफसलमा बसेर खेलाडी उत्पादनमा योगदान गर्दै आएका राईले पछिल्लो समय क्यान्सर रोगको सामाना गरिरहनुभएको जिल्ला खेलकुद बिकास समिती सल्यानका कार्यालय प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । बैशाखको अन्तिममा टाउकोमा समस्या भएपछि राईलाई सल्यानबाट नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चिकित्सकले ब्रेक ट्युमरको बताएपछि राईको काठमाडौंस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा शल्यक्रिया गरिएको थियो ।

ब्रेक ट्युमरको सल्यक्रिया भएपनि राईलाई क्यान्सर देखिएको छ । उहाँको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार भईरहेको छ । परिवारका अनुसार पछिल्लो दुई हप्तादेखि भक्तपुरमा उपचार गराईरहेका राईको एक हात र एक खुट्टा चल्दैन । यसैबिच राईको परिवारले आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अपिल गरेको छ । प्राराम्भिक उपचारमै धेरै रकम सकिएको भन्दै परिवारले सार्वजनीक रुपमा सहयोगको अपिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस