सल्यान ३०, आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका मूख्य बजारहरुमा सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको छ । बजार क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । अहिले नगरको प्रमुख ब्यापारिक केन्द्र सल्लीवजार सँगै देवस्थल र बालुवा संहग्री बजारमा सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको हो ।
नगरपालिकाको १० लाख रुपैँयाबाट सौर्य बत्ती र सिसि क्यामरा जडान गरिएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो । रातको समयमा वजार क्षेत्रमा हुनसक्ने सम्भावित घटनालाई रोकथाम गर्न यसले मद्धत मिल्ने उहाँकोे भनाई छ । ‘नगरको मुकाम रहको सल्लीवजार, देबस्थल र बालुवासंग्रहीमा सौर्य बत्तीसँगै सिसि क्यामरा जडान गरेका छौँ, यसले सम्भावित घटनालाई रोक्न मद्धत मिल्ने हाम्रो बिश्वास छ’– उहाँले भन्नुभयो ।
सल्लीवजारमा ६ वटा, देबस्थलमा २ वटा र बालुवासंग्रहीमा २ वटा जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।