स्वर्गद्धारी सामुदायिक वनमा करिब १८ सय फलफूलका बिरुवा रोपियो

सल्यान ३० आषाढ ।
बर्षायाम शुरु भएसँगै सल्यानमा धमाधम रुपमा बृक्षारोपण गर्न थालिएको छ । जिल्लामा रहेका बिभिन्न वन समुहहरुले धमाधम रुपमा बृक्षारोपण गर्न शुरु गरेका हुन् । यसैक्रममा आज जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरामा रहेको स्वर्गद्धारी सामुदायिक वनमा बिभिन्न प्रजातीका करिब १८ सय बिरुवा रोपिएको छ ।

आँपका बिरुवा ९ सय, अनारका बिरुवा ४ सय, कागतीका बिरुवा ४ सय र लिचीका बिरुवा ६० वटा वन समुहको खण्ड नम्बर ६ मा रोपिएको वन समुहका सहसचिव याम बहादुर पुनले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय सल्यानको समन्वय र वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको निःशुल्क सहयोगमा बिरुवा प्राप्त भएको उहाँको भनाई छ ।

वाताबरण हराभरा हुने र वन समुहको आयस्रोतमा पनि बृद्धि हुने भएकाले फलफूलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । बृक्षारोपण कार्यमा वन समुहका पदाधिकारी सँगै उपभोक्ताहरुको सहभागिता रहेको थियो । यसैबिच अमर प्राथामिक बिद्यालयको परिसरमा बृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस