सल्यान ३१, आषाढ ।
सल्यानका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगेको छ । जिल्लामा रहेका पाँच सय बढी बिद्यालयमा नै पाठ्यपुस्तक पुगेको हो । कोरोना भाइरसका कारण लामो समय देखीको लकडाउनले शैक्षिक संस्थाहरु बन्द भएपनि जिल्लाका सबै बिद्यालयले पाठ्पुस्तक खरिद गरेका हुन् । लकडाउनका कारण बिद्यालयहरु बन्द भएपनि पुस्तक खरिद गरेर बिद्यार्थीहरुलाई वितरण गरिएको बिद्यालयहरुले जनाएका छन् ।
महेन्द्र माद्यामिक बिद्यालय छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ पाखापानीका प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुको हात–हातमा पाठ्यपुस्तक पु¥याएको बताउनुभएको छ । ‘लकडाउनका कारण बिद्यालय बन्द छ, तर पनि घरमा नै बसेर पठनपाठनका क्रियाकलापमा सरिक बनाउनले उद्धेश्यले सबै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराएका छौँ’ उहाँले भन्नुभयो । बिद्यार्थीहरुलाइ पठन कार्यमा सक्रिय बनाउन टोल टोलमा शिक्षक अभियान सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
शैक्षिक सत्र शुरु भएको झण्डै तीन महिना सम्म बिद्यालय सञ्चालन नभएपनि पुस्तक बिक्रीमा भने कुनै समस्या नभएको नारायणी बुक्स एण्ड स्टेशनरीका सञ्चालक डम्बर केसीले बताउनु भएको छ । उहाँले आफुसँग सम्झौता भएका सबै बिद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको बताउनुभएको छ ।
‘सबै सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ, तर संस्थागत बिद्यालयमा भने फाटफुट मात्रामा मात्रै पुस्तक बिक्री भैरहेको छ’ उहाँले भन्नुभयो । उहाँले पुस्तक बिक्री भएपनि अन्य स्टेशनरी भने बिक्री नभएको बताउनुभएको छ । ‘सरकारी तथा गैरसरकारी कार्यालयहरुमा केही सामान बिक्री हुन्छ, तर शैक्षिक सत्र शुरु भएको लामो समय हुदाँ पनि कापी, कलम लगाएतका स्टेशनरीका सामान बिक्री भने शून्य जस्तै छ’ उहाँले भन्नुभयो ।
जिल्लामा लकडाउन अगावै एसईई बाहेक सबै कक्षाहरुको परीक्षा सकिएको थियो । जसले गर्दा व्यवसायीहरुले उल्लेखनीय मात्रामा पाठ्यपुस्तक र स्टेशनरी सामान खरीद गरी विक्रीका लागि तयारी अवस्थामा थिए । अहिले स्टेशनरी सामान बाहेक सबै पाठ्यपुस्तक बिक्री भएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ, सल्यान शाखाका अध्यक्ष नवराज देबकोटाले जानकारी दिनुभयो ।
जिल्लाका ५÷७ प्रतिशत बिद्यालय बाहेक सबै बिद्यालयमा पुस्तक पुगेको उहाँको भनाई छ । जनक शिक्षा सामाग्री केन्द्र, प्रदेश कार्यालय नेपालगन्जले सल्यानलाई समयमा नै पुस्तक उपलब्ध गराएकाले पनि केही सहज भएको उहाँले बताउनुभयो । यस बर्ष कक्षा १ देखी १० कक्षा सम्म गरेर करिब पौने तीन करोडको पुस्तक जिल्लामा भित्रिएको छ ।
जिल्लाका दर्जन बढी पुस्तक पसलले पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । विद्यालय तथा कलेजलाई चाहिने अन्य स्टेशनरी सामान विक्री नभएका कारण मारमा परेको ब्यबसायीहरुको गुणासो छ ।