सल्यान १, साउन ।
मुक्तिनाथ बिकास बैँक सल्यानको बागचौर, थारमारे शाखामा शंकास्पद बस्तु फेला परेको छ । बैँकको सटरमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हेर्दा बम जस्तो देखिने बस्तु सटरमा झुण््याएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई गएराती १२ बजे तीर यस वारेमा जानकारी प्राप्त भएको थियो । हेर्दा बम जस्तो बस्नु देखिने भएकाले त्यो बम हो की होइन भनेर एकिन गर्न र त्यसलाई निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।