सल्यानको बागचौरमा भेटिएको बम निस्क्रिय पारियो

सल्यान १, साउन ।
सल्यानको बागचौरमा भेटिएको शंकास्पद बस्तु बम भएको प्रहरीले जनाएको छ । मुक्तिनाथ बिकास बैँक, बागचौर शाखाको सटरमा गएराती बम जस्तो शंकास्पद बस्तु भेटिएको थियो । सोही बस्तुलाई सुरक्षित स्थान लगेर निस्क्रिय बनाउदा सो बस्तु बाल्टिन बम भएको प्रहरीले जनाएको हो । नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सह सेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ बस्तु सँगै केही कुरा लेखेको पत्र समेत भेटिएको थियो । बमसंगै जनपरिषद सल्यानको नाममा राखिएको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुराहरु लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस