सल्यानको रिममा रहेको जीवन ज्योति माबि नमुना बिद्यालयको रुपमा छनोट

सल्यान २, साउन ।
सल्यानको एक बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएको छ । जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति माद्यामिक बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएको हो । सरकारले देशभरबाट आर्थिक बर्ष २०७६/०७७ मा १०० वटा नमुना बिद्यालय छनोट गरेको थियो ।

जसमा आफ्नो बिद्यालय छनोट भएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः विद्यालय विकास गर्ने लक्ष्य रहेको पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस