सल्यानमा थप एक जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या २ सय ३३ पुग्यो

सल्यान २, साउन ।
सल्यानका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चौरजहारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिम गरिएको परिक्षणमा जिल्लाको दार्मा गाउपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

संक्रमण हुनेमा दार्मा गाउपालिका ४ का २२ बर्षिय पुरुष रहेका छन् । यससँगै सल्यानमा कोरोना संक्रमित हुनेको संख्या २ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस