सदरमुकाम नजिकको बस्ती : बिजुली बत्ती पुगेपछि स्थानिय खुसी

 

सल्यान ४, साउन ।

सल्यानको सदरमुकाम नजिकैँको एक बस्तीमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । खलंगामा बत्ती वलेको दशक बढी भैसक्दा पनि सदरमुकाम नजिकैको बस्ती शारदा नगरपालिका वडा नम्बर ३ स्थित भानुभक्तचौर टिमुर खोलामा बिजुली बत्ती पुगेको थिए । तर यस पटक बत्ती पुगेपछि स्थानिय खुसी भएका छन् ।

वडा कार्यालय र नेपाल बिद्युक्त प्राधिकरण सल्यानको सहयोगमा बिजुली बत्ती पुगेपछि आज उद्घाटन गरिएको छ । टोल बिकास समितीका अध्यक्ष पोस्कर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टोप बहादुर थापा, ११ का वडाअध्यक्ष रामसिंह बुढाथोकी, नेकपाका नेता सिपी वली, रमेश कुमार गौतम लगाएतकाले बोल्नु भएको हो ।

बर्षौ देखी अन्धकारमा बस्दै आएकोमा पहिलो पटक बस्तीमा बिजुली बत्ती गएपछि यहाँका २६ घरधुरीमा खुसीयाली छाएको छ । कार्यक्रमको सञ्चालन नरेन्द्र वलीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस