सल्यान ५, साउन ।
सल्यानका थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा शारदा नगरपालिका वडा नम्बर २ का ३९ बर्षिय एक जना पुरुष र वडा नम्बर १५ का २४ बर्षिय १ जना पुरुष रहेका छन् ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका एक कर्मचारीमा पनि कोरोना पुष्टी भएको छ । यस नगर स्थित सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्यकर्मी गरेर ७२ जनाको पिसिआर परिक्षण गर्दा १ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।
हालससम्म जिल्लामा २ सय १७ जना निको भएर घर फर्किएका छन् । अहिले लुहापिङ आइसोलेसनमा १४ जना, बन्गाडको आइसोलेसनमा ५ जना र छत्रेश्वरीको भोटेचौर आइसोलेसनमा १ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
समुदायमा कोरोना फैलिएको आशंका
यसैबिच सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा समुदाय स्तरमा नै कोरोना फैलिएको आशंका गरिएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमा कोरोना पुष्टी भएपछि समुदाय स्तरमा नै कोरोना फैलिएको आशंका गरिएको छ । जसले गर्दा स्थानिय त्रसित बनेका छन् ।
कतिपय शंकास्पद मानिसहरु आरडिटि, पिसिआर गरेका र संक्रमण मुक्त भएर घर फर्किएकाहरु पनि होम क्वारेन्टाइनमा केही दिनु बस्नुपर्ने भएपनि नबसेकाले समुदाय स्तरमा कोरोना फैलिएका हुनसक्नेसरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाले वताउनु भएको छ । विशेष गरि क्वारेन्टाइन वसेका नागरिक होम क्वारेन्टाइन नवस्दा समुदाय स्तर थप जोखिमा रहेको उहाँको भनाई छ ।