सल्यान ६, साउन ।
सल्यानमा मास्क नलगाएर हिड्ने ४ सय १८ जनालाई कारबाही गरिएको छ । जिल्लाको बिभिन्न क्षेत्रहरुमा गरेर गत असार २७ गते शनिवार देखी हाल सम्म ४ सय १८ जनालाई कारवाही गरिएको हो । जसबाट ४१ हजार ८ सय रुपैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमवार मात्रै श्रीनगर बजारमा ४२ जना, लुहाम बजार ५ जना, कपुरकोट बजार २ जना र खलंगा बजार २४ जना कारवाहीमा परेको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । खासगरी मास्क नलगाएर हिड्नेहरुलाई कारबाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उहाँको भनाई छ ।
कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।