एथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागी सल्यानमा रु.५७ हजार संकलन

सल्यान ६, साउन ।
एथ्लेटिक्सका सहायक प्रशिक्षक सल्यानका रबिन कुमार राईको उपचारका लागी सल्यानमा सहयोग रकम संकलन गरिएको छ । जिल्लामा क्रियाशिल यूवाहरुको समुह यूथ अफ सल्यानको सक्रियतामा आर्थिक संकलन गरिएको हो । सल्यानको शारदा नगरपालिका २ खलंगामा घर भएका राई ‘ब्रेन ट्युमर’ सँगै क्यान्सर रोग संग लडिरहनु भएको छ ।

बैशाखको अन्तिममा टाउकोमा समस्या भएपछि राईलाई सल्यानबाट नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चिकित्सकले ब्रेन ट्युमर भएको बताएपछि राईको काठमाडौंस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा शल्यक्रिया गरिएको थियो । ब्रेन ट्युमरको सल्यक्रिया भएपनि राईलाई क्यान्सर देखिएको छ । उहाँको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार भईरहेको छ ।


जिल्लामा क्रियाशिल यूवाहरुको सक्रियतामा ५७ हजार बढी रकम संकलन भएको यूवा सबिन केसीले जानकारी दिनुभयो । उहाँले २ दिनसम्म जिल्लाको शारदा नगरपालिकाको साहुटोल देखी बसपार्क हुदैँ डाँडागाउ सम्म गरेर ५७ हजार ३ सय ६५ रुपैँया संकलन भएको जानकारी दिनुभयो । जसमा २ सय २४ जना सहयोगीदाताहरुको सहयोगबाट संकलित रकम राईको कुमारी बैँकमा रहेको खातामा जम्मा गरिदिएको उहाँको भनाई छ ।

यूवाहरु मिलेर सामाजिक कार्यमा सक्रिय बन्नुपर्छ भन्ने सोचका साथ यूवाहरुको सक्रियतामा अभियान सञ्चालन गरिएको अर्का यूवा अभिषेक सिंहले जानकारी दिनुभयो । खेलकुदको क्षेत्रमा राईले महत्वपूर्ण योगदान पु¥याएको बताउदैँ उपचारको लागी मद्धत मिलोस भनेर आर्थिक संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

राईको परिवारको अनुमतीमा तत्काललाई सहयोग रकम संकलन अभियान स्थगित गरिएको यूवाहरुको भनाई छ । राईले २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अस्थायी प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस