ढाकाडाममा प्रसुती गृहको उद्घाटन : प्रसुती हुन बाहिर जानुपर्ने बाध्यता हट्यो

 


सल्यान ७, साउन ।
सल्यानको दार्मा गाउपालिका वडा नम्बर ५ त्रिबेणी, ढाकाडामा निर्माण गरिएको प्रसुती गृहको उद्घाटन गरिएको छ । सवुज गण सिमखर्क सल्यानको आयोजना तथा प्राबिधिक सहयोगमा प्रसुती गृह निर्माण गरिएको हो । प्रसुती गृहको बुधबार आज १९ नं. बाहिनी दाङका बाहिनीपती सहायकरथी सुशिल कुमार भण्डारी र दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबशरमा बोल्दै सहायक रथी भण्डारीले स्थानिय स्तरमा नै महिलाहरुलाई सुरक्षित रुपमा प्रसुति हुनको लागी टेवा पु¥याउने उद्धेश्यले प्रसुति गृह निर्माण गरिएको बताउनुभएको छ । यस्तै गाउपालिका अध्यक्ष केसीले अब जोखिम मोलेर घरमा नै प्रसुती हुने बाध्यताको अन्त्य भएको बताउनुभएको छ ।


करिब २५ लाख लागतमा प्रसुति गृहको निर्माण गरिएको भगवती कन्ट्रन्सनका प्रोप्राइटर जिङज्याङ राईले जानकारी दिनुभयो । बिगतमा प्रसुति हुनको लागी खलंगा, थारमारे जानुपर्ने बाध्यता रहेको बताउदैँ स्थानिय प्रभा वलीले गाउँमा नै प्रसुति गृह सञ्चालनमा आएपछि खुसी भएको बताउनुभएको छ । उहाँले अब प्रसुती गृह सम्म जानको लागी सडक निर्माण गर्न माग गर्नुभएको थियो ।

स्थानिय स्तरमा नै प्रसुति गृह निर्माण भएपछि स्थानिय खुसी भएका छन् । कार्यक्रममा सवुज गण सल्यानका गणपती घनश्याम भट्टराई, जनप्रतिनिधि, पत्रकार, स्थानिय लगाएको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस