सल्यानमा आज देखी सार्वजनिक यातायात सञ्चालन हुदैँ

सल्यान ८, साउन ।
आज बिहीवार देखी सल्यानमा सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्लामा रहेका यातायात ब्यबसायीहरु आज देखी सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका हुन् । जिल्लामा अहिले ४ वटा यातायात ब्यबसायी समिती रहेका छन् । जिल्लाभित्र मात्र सञ्चालन हुने गरी आज देखी गाडी सञ्चालन गर्ने तयारी भैरहेको सल्यान शारदा यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जानकारी दिनुभयो ।

श्रीनगर–कपुरकोट, श्रीनगर–खौला, श्रीनगर–लेखपोखरा, श्रीनगर–दमाचौर, श्रीनगर–मार्के, श्रीनगर–सल्लीवजार लगाएतका जिल्लाभरमा गाडी सञ्चालन हुने रुटहरुमा सञ्चालन गर्ने तयारी भैरहेको उहाँको भनाई छ । उहाँले आबश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदैँ गाडी सञ्चालन गरिने जानकारी दिनुभयो ।

सरकारले पचास प्रतिशत बढी भाडा लिएर सार्वजनिक यातायात सञ्चालनको लागी अनुमती दिएको छ । यस्तै सिट क्षमताको आधा मात्रै यात्रु राख्न पाउने जनाएको छ । लामो दुरीका सार्वजनिक यातायात भने भदौँ १ गते सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस