सल्यान ८, साउन ।
सल्यानका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको छत्रेश्वरी गाउपालिकाका एक जनामा कोरोनो संक्रमण पुष्टि भएको हो ।
दुवई बाट फर्किएका छत्रेश्वरी गाउपालिकाका ३ का ३८ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गाँउपालिकाले जनाएको छ । यसैबिच जिल्लामा थप एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।