सल्यान १०, साउन ।
सल्यान साहिलाकम्दमा भुसिया कुकुरको बिगबिगी देखिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साहिलाकम्दमा भुसिया कुकुरले ४ वटा बाख्रा मारेका छन् । शुक्रबार घरमा नै बाधेर राखेका स्थानिय कुल बहादुर गिरीका १६ वटा मध्ये २ बटा खसी र २ वटा बाख्रा मारेका छन् भने ३ वटा बाख्रा घाइते बनाएका छन् ।
यस्तै एक हप्ताको अबधिमा शारदा नगरपालिका वडा नं. ४ का बाबुराम गिरीको १ वटा, हरि बहादुर गिरीको १ वटा बाख्रालाई घाइते बनाएका छन् । यस्तै दिर्ध बस्नेतका १ वटा हास, जितेन्द्र बहादुर केसीका ६ बटा कुखुरा, बिन्द्रा वलीका ७ वटा कुखुरा मारेर खाएका छन् ।
वार्षिक रुपमा करिब ३ लाख रुपैयाका खसी बोका विक्री गरिरहेको स्थानिय कुल बहादुर गिरीले घरमा नै बाधेर राखेका बाख्रा कुकुरले मारेपछि सम्बन्धित निकायलाई खबर गरेको बताउनुु भएको छ । यसरी बाख्रा मार्न आउने कुकुर २ बटा रहेको र मानिस देखे पछि भाग्ने गरेको स्थानिय टेक बहादुर गिरीले जानकारी दिनुभयो । यस्तै शारदा नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष सुधन बिष्टले भुसिया कुकुरको बारेमा जिल्ला प्रहरी कार्यालय सल्यानलाई जानकारी गराइसकेको र स्थानियहरुलाई सचेत हुन र कुकुर देखे पछि तत्काल खबर गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।
आयआर्जनको मुख्य माध्यम बनेको बाख्रापालन र कुखुरापालन बाट स्थानियले बार्षिक प्रतिपरिवार १ लाख देखी ३ लाख सम्म आम्दानी गर्दै आइरहेका छन् । यसरी दैनिक रुपमा भुसिया कुकुरले दुखः दिन थाले पछि स्थानिय चिन्तित बनेका छन् ।