सल्यानमा मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

सल्यान १२, साउन ।
सल्यानमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौर निवासी मोहन घर्तीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गएराती सोही नगरपालिकाको वडा नम्बर ५ शंखपिपल च्यूरा वजारमा गोबिन्द सुनारको भे १ प ५६३९ नम्वरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरी घटनास्थलमा पुगेपछि भागेका उनलाई वडा नम्वर ३ को काँरागाउँ नजिकै भेरि किनारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही कार्यमा संलग्न अर्का एक जना फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीको भनाई छ । मोटरसाइकल चोरी भएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालयका इन्चार्ज मिनवहादुर खड्काको नेतृत्वको टोलीले उनलाई आज बिहान ८ वजे मात्रै पक्राउ गरेको थियो । उनी बेला बेलामा चोरीको कार्यमा संलग्न हुने गरेको प्रहरीको भनाई छ । प्रहरीले उनको साथबाट विना नम्बर प्लेटको पल्सर मोटरसाइकल पनि जफत गरेको छ । घर्तीलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित