सल्यान १२, साउन ।
पूर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले स्वास्थ्य सेवा कार्यालय सल्यानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरस (कोभिड –१९) सँग लडिरहेको सल्यानमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्धेश्यले स्वास्थ्य सेवा बिभागको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
जसमा कोरोना भाइरसको रोकथाम कार्यमा प्रत्यक्ष रुपमा सहयोग पु¥याउने बिभिन्न खालका सामाग्रीहरु रहेका छन् । स्वास्थ्य सामाग्रीमा गाउन २० थान, सर्जिकल क्याप २० थान, शु–कभर २० जोर, सेफ्टि चस्मा ५ थान रहेका छन् । यस्तै एन–९५ मास्क १०० पिस, सर्जिकल मास्क ३ हजार पिस, सेनिटाइजर १०० पिस, पन्जा १ हजार जोर, आरएन थर्मोमिटर १० थान रहेको निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा. भिमकान्त जैसीले जानकारी दिनुभयो ।
सो अबशरमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेतले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी केन्द्रिय सरकार प्रयत्नशिल भएर काम गरिरहेको बताउनुभएको छ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताउदैँ उहाँले जिल्लामा कोरोना रोकथामका लागी आबश्यक पर्ने सहयोग गर्न आफु तयार भएको बताउनुभएको हो । सो अबशरमा अस्पताल बिकास समितीका अध्यक्ष सिपी वली, कोरोना फोकल प्रसन रिखाराम पुन, समाजसेवी मनोज सिंह लगाएतको उपस्थिती रहेको थियो ।