सल्यान १३, साउन ।
सल्यानका थप २ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको कुमाख गाउपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा कुमाख गाउपालिका वडा नम्बर १ का १९ बर्षिय पुरुष र वडा नम्बर ६ का २१ बर्षिय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । जिल्लामा अहिले सम्म २ सय २४ जना निको भएर घर फर्किएका छन् भने १९ जना आइसोलेसनमा उपचाररत रहेका छन् । बाँकी भेटिएका २ जनाको ब्यबस्थापनको काम भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।