सल्यानमा वालबिवाह गरेको ७ महिनापछि बेहुलाबेहुली सहित ४ जना पक्राउ

सल्यान १५, साउन ।
सल्यानमा बालबिवाह गरेको ७ महिना पछि एक दम्पति पक्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ५ रिम बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । २०७६ साल माघ १ गते बिहे गरेका उनीहरुलाई २०७७ साल साउन १२ गते माइती जाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१७ बर्षिय बेहुला र १९ बर्षिया बेहुली बिबाह पश्चात माइती घर जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा जाँदै गरेका उनीहरुलाई जाँचबुझका क्रममा अस्थायी प्रहरी पोष्ट रिमको टोलीले भे १ ज ३८४ नम्बरको जिपमा सवार रहेका बेहुलाबेहुली सहित बेहलाका बुवा दयाराम रोका र आमा केवली रोकालाइ पक्राउ गरिएको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई आबश्यक अनुसन्धानको इलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित