सल्यान १६, साउन ।
सल्यानका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा कालीमाटी गाउपालिका वडा नम्बर ३ का दुवई बाट फर्किएका २४ बर्षिय र कतार बाट फर्किएका ३१ बर्षिय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यस्तै कतारवाट फर्किएका बन्गाड कुपिण्डे नगरपालिका १२ का २४ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । यस्तै अहिले सम्म २ सय २५ जना निको भएर घर फर्किएका छन् । यस्तै २० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने बिहीवार भेटिएका ३ जनाको ब्यबस्थापनको काम भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।