सिद्ध कुमाख गाउपालिकामा प्रविधिमैत्री शिक्षामा जोड

सल्यान १७, साउन ।
सल्यानको सिद्ध कुमाख गाउपालिकाले प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । पठनपाठनका क्रियाकलापमा बिद्यार्थीहरुलाई सक्रिय सहभागि बनाउने र बिद्यालयबाट प्रदान गरिने शिक्षालाई पनि थप गुणस्तरीय बनाउने उद्धेश्यले यस गाउपालिकाले प्रविधिमैत्री शिक्षामा जोड दिएको हो ।

जसको निम्ती अहिले गाउपालिकाले विनियोजन गरेको वजेटबाट निराजन माद्यामिक बिद्यालय ढोरचौरमा कम्प्यूटर प्रयोगशाला, देउराली माद्यामिक बिद्यालय कुइयाँझोलमा पुस्तकालय र शान्तीसुन्दर माद्यामिक बिद्यालय खार्वनमा विज्ञान प्रयोगशाला तयार भएको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच निराजन माद्यामिक बिद्यालय ढोरचौरका शिक्षकहरूका लागी कम्प्युटर शैक्षिक तालीम शुक्रवारदेखी शरू भएको छ । समय अनुकुलको शिक्षा विद्यार्थी माझ पुर्याउने उदेश्यले विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना भएसंगै शिक्षकलाइ समेत प्रविधिमैत्री बनाउने उद्देश्यले १६ दिने तालीमको आयोजना गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्यापन गराउने १३ जना शिक्षक र ३ जना विद्यालय व्यवस्थापन समीती सदस्य गरी जम्मा १६ जनालाइ तलीममा सहभागीता गराइएको प्रधानाध्यापक धर्मराज घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस