सल्यान १७, साउन ।
सल्यानमा नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
सवुज गण सिमखर्कमा कार्यरत ती सिपाही लुहापिङमा आइसोलेसन निर्माण पश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए । शनीवार पदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।
यसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने अहिले सम्म २ सय ४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।