नेपाली काँग्रेसमा प्रवेश गरेकाहरु शाहको पहलमा फेरी नेकपामा फर्किए

सल्यान २०, साउन ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेसमा प्रवेश गरेका स्थानिय फेरी नेकपामा फर्किएका छन् । केही दिन अघि नेकपा संग असन्तुष्टी जनाउदैँ नेपाली काँग्रेसमा प्रवेश गरेका बन्गाड कुपिण्डे नगरपालिका ८ ज्यामिरेका सबै स्थानिय नेकपामा प्रवेश गरेका हुन् । आज भएको छलफलमा उनीहरु सबै नेकपामा प्रवेश गरेका हुन् ।

आज भएको छलफल कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज गुलावजंग शाहको पहलमा उनीहरु फेरी नेकपामा प्रवेश गरेका हुन् । यस वडाका ७९ जना नेकपाका कार्यकर्ता काँग्रेमा प्रवेश गरेको सुचना निराधार भएको स्थानिय ललित वस्नेतले जानकारी दिनुभयो । काँग्रेसको कार्यक्रम हेर्न गएको र उक्त स्थानमा पुगेकालाई टीका लगाएको उहाँको भनाइ छ ।

ज्यामिरे र अध्येरीका स्थानियले नेकपा तथा जनप्रतिनिधिबाट कुनै पनि सहयोग प्राप्त नभएकाले पार्टी छोडेको कुरा बाहिरिएको थियो । सो अबशरमा सहइन्चार्ज शाहले सबैलाई गोलवद्ध हुन आह्वान गर्नु भएको छ । रुष्ट कार्यकर्ता माझमा गएर उहाँले कार्यकर्तालाई पुनः फर्काउने प्रयास सफल भएको छ । पार्टीको गतिविधि शुन्य भएकोले आफुहरु वितृष्णा भएको नेकपा फर्केका नेता तथा कार्यकर्ताहरुको भनाइ थियो ।

पार्टी छोडेका भनिएका ललित वस्नेत, रामवहादुर यरी, मनवहादुर यरी, हर्कवहादुर यरी, डिलवहादुर वुढाथोकी, दिलवहादुर यरी, गोपाल यरी लगाएतका ७३ वढी अगुवा नेताहरुले फेरी नेकपामा फर्किएको घोषणा गरेका छन् ।  यसैबिच नेपाली कांग्रेस पार्टी परित्याग गरि तेजबहादुर यरी, चन्द्रबहादुर यरी, पुष्कर यरी, कालू थापा, घनश्याम पुन, गजेन्द्र पुन, उत्तम कवर, किर्ती पुन लगाएतका २ दर्जन वढीले नेकपामा प्रवेश गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस