गरिवी पहिचानका लागि सुचिकृत हुने समय सकिदै

 


सल्यान २१, साउन ।
गरिबी निवारणका लागि लक्षित कार्यक्रमको सुचिकृतको कामको समयअवधि सकिन थालेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा आर्थिक असमानता कम गरि गरिविमुक्त गर्ने अभियान जारी रहेको छ । समाजिक सुरक्षा लगाएत राज्य वा गैरराज्यबाट प्रदान गरिने सेवामा गरिविको पहुँच सुनिश्चित हुने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

यस नगरमा गरिविको रेखामुनि रहेका नागरिकको पहिचान गरि जतिसक्दो चाडैं गरिव घरपरिवारलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले गणकहरुबाट घरधुरी सर्वेक्षण भएकोले अझै कोहि छुटपुट हुन पुगेकोले जतिसक्दो चाँडै नगरमा सम्पर्क राख्न कार्यक्रमका सुपरभाइजर निरुता शाहीले अनुरोध गर्नु भएको छ ।

कोहि छुटेको भएको भए श्रावण मसान्तसम्म कार्यलयमा सम्पर्क राखि सुचिकृत हुन उहाँको आग्रह छ । गरिव पहिचान गरि गरिवी हटाउने र निवारण गर्ने राज्यको उद्धेश्य र यस नगरको गरिबी हटाउने लक्ष्य अनुरुप काम अघि वढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस