सल्यान २२, साउन ।
सल्यानको छत्रेश्वरी गाउपालिकाको निति तथा कार्यक्रम र वजेट सार्वजनिक भएको डेढ महिना हुदाँ पनि पास हुन सकेको छैन् । चालु आर्थिक बर्ष २०७७/०७८ का लागी गत असार १० गते गाउसभा मार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रम र वजेट अझै कार्यपालिका बैठकबाट पास हुन नसकेको हो । गाउसभामा गाउपालिका अध्यक्ष सन्तोष केसीले निति तथा कार्यक्रम पेश गरेपश्चात झण्डै एक दर्जन कार्यपालिका बैठक बसेका छन् ।
तर पनि गाउपालिकाको निती तथा कार्यक्रम नै पास हुन सकेको छैन् । कार्यपालिकामा गाउपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५ जना सदस्य नेपाली काँग्रेसका छन् भने बहुमत सदस्य अर्थात १० जना सदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का छन् । यी दुई पक्षका बिचमा सहमती नहुदाँ पटक–पटक बस्दै आएको गाउ कार्यपालिकाको बैठक निष्कर्ष बिहिन बन्दै आएको छ ।
मंगलवार आह्वान गरिएको कार्यपालिका बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित ५ जना कार्यपालिका सदस्य र नेकपाका एक जना सदस्य उपस्थित भएपनि गणपुरक संख्या नपुगेर स्थगित गरिएको हो । बिगतमा कार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयन नभएकाले निती तथा कार्यक्रम र वजेट पास नभएको नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यले बताएका छन् ।
तत्कालित नेकपा एमालेबाट निर्वाचित छत्रेश्वरी गाउपालिका ५ का वडाअध्यक्ष लिलाधर घर्तीले बिगतमा कार्यपालिका बैठकमा भएका निर्णय कार्यान्वयन हुनुपर्ने, मनपरी रुपमा भैरहेका मेसनरी औजार खरिद रोकिनुपर्ने, मोटरसाइकल प्रयोगमा भएको अनियमितता हटाउनुपर्ने तथा निति विपरित भर्ना भएका र आबश्यकता भन्दा बढी भएका करारका कर्मचारी हटाउनुपर्ने माग सम्बोधन नभएकाले निति कार्यक्रम र वजेट पारित नभएको बताउनुभएको छ ।
‘गाउपालिकामा २२ वटा सरकारी मोटरसाइकल छन्, ७ जना वडाअध्यक्षलाई ७ वटा, प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई १/१ वटा गरेर ९ वटा मोटरसाइकल प्रयोगमा छन्, बाँकी मोटरसाइकल कहाँ प्रयोग भैरहेका छन् ? कसले प्रयोग गरिरहेको छ ?’ उहाँले भन्नुभयो ‘ती मोटरसाइकलको सदुपयोग भएको छ कि दुरुपयोग ? कार्यपालिका बैठकमा जानकारी दिनुप¥यो, मनपरी ढंगले गाउपालिका चल्दैन् ।’ उहाँले करारका कर्मचारी नहटाउदाँ सम्म वजेट पारित नहुने बताउनुभएको छ ।
‘निति बिपरित र आबश्यकता भन्दा बढी भएका करारका कर्मचारी हटाउने बिषयमा गाउपालिका अध्यक्षसँग कुराकानी भयो, हामीसँग अध्यक्षले करारका कर्मचारी हटाउने भए सबै क्षेत्रका करारमा भर्ना भएका कर्मचारी हटाउने भन्नुभयो, तर फेरी करारका सबै कर्मचारीलाई बोलाएर संघर्ष समिती गठन गरी मंगलवारको कार्यपालिका बैठकमा दवाव दिने उहाँको तयारी थियो, सोही कारणले हामीले बैठक बहिस्कार गरेका छौँ’ उहाँले भन्नुभयो । उहाँले अहिले कै अबस्थामा निति तथा कार्यक्रम र वजेट पास हुने सम्भावना नरहेको बताउनुभएको छ ।
यता गाउपालिका अध्यक्ष सन्तोष केसीले करारका कर्मचारीको करार अबधि थप गरेर निति तथा कार्यक्रम र वजेट पारित गर्ने बताउनुभएको छ । ‘बामका साथीहरुले करारका कर्मचारी नफाल्दा सम्म वजेट पास नगर्ने कुरा गर्नुभएको छ, हिजो उहाँहरु कै सहमतिमा कर्मचारी भर्ना गरिएको हो, अहिले म करारका कर्मचारी हटाउन सक्दिन’ उहाँले भन्नुभयो । गाउसभामा निति तथा कार्यक्रम सँगै रु.४२ करोड ७२ लाख ८० हजार ९ सय बराबरको अनुमानित बजेट पेस गरिएको थियो ।