सल्यान २३, साउन ।
सल्यानका थप ३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड आइसोलेसनमा रहेका तीन जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । पछिल्लो पटक गरीएको उनीहरुको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यस सँगै जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय ४३ पुगेको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म २ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो । अव लुहापिङ आइसोलेसनमा ८ जना संक्रिय संक्रमित रहेका छन् । जसमा कुमाख गाउपालिका र कालीमाटी गाउपालिकाका २/२ जना, बागचौर नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका र त्रिबेणी गाउपालिकाका १/१ जना तथा नेपाली सेनाका एक जना सिपाही रहेका छन् ।
अब जिल्लाको बन्गाड आइसोलेसनमा खाली भएको छ । त्यस आइसोलेसनमा रहेका संक्रमित सबै निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएको बन्गाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । यस नगरमा भारत तथा अन्यमुलकबाट ३ हजार नागरिक भित्रीएका थिए ।