सल्यान २४, साउन ।
सल्यानको कपुरकोट गाउपालिकाले गाउपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई जोडेर गैरकानुनी कार्यहरुमा आधारित लगाएको आरोपमा सत्यता नभएको जनाएको छ । जनप्रतिनिधि र कर्मचारीलाई जोडेर गैरकानुनी कार्यहरुमा आधारित असाध्यै गलत, भ्रामक र ब्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले ब्यक्तिको आचरण, नैतिकता एवम् ख्यातीलाई होच्याउने गरी नारायण ओली नाम गरेका ब्यक्तिले दिएको अभिब्यक्तिमा सत्यता नभएको जनाउदैँ आफ्नो गम्भिर ध्यानाकर्षण भएको गाउपालिकाले जनाएको छ ।
शुक्रवार कपुरकोट गाउपालिका ५ रिममा पत्रकार सम्मेलन गर्दै गाउपालिकाले विगत केही महिना देखी प्रहरीको वान्टेड सुचिमा रहेका नारायण ओली नाम गरेका ब्यक्तिले दिएको अन्तरवार्तामा कुनै सत्यता नभएको र सत्यतथ्यलाई जाँचबुझ नगरी केही बिद्युत्तिय माध्यमबाट सार्वजनिक भएको भन्दै खेद प्रकट गरेको हो ।
गाउपालिका उपाध्यक्ष तिला बुढा मगरले ती ब्यक्तिबाट लगाईएको आरोपमा सत्यता नभएको बताउनुभएको छ । उहाँले ती ब्यक्तिले पटक पटक जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक ब्यक्तिहरुबाट विप्लव हुँ भन्दै चन्दा माग्ने गरेको तर नदिएपछि जनप्रतिनिधि, कर्मचारी र सामाजिक ब्यक्तिहरुको चरित्र हत्या गर्ने गरी भ्रामक अभिब्यक्ति दिएको बताउनुभएको हो ।
गाउपालिकामा भ्रष्टाचार तथा अनियमितता हुन नदिन आफुहरु सक्रिय भएर लागेको बताउदैँ उहाँले आफु जनताको प्रतिनिधित्व गर्दै जनताको हित र भलाईको लागी काम गर्दै आएको र २/४ पैसा कमाउने आस नभएको बताउनुभएको छ । लगत प्रचारले कसैको पनि भलाई नगर्ने भन्दै उहाँले सत्यता र वास्तबिकतालाई बुझेर मात्रै अगाडी बढ्नु राम्रो हुने बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा वडा नम्वर ५ का वडाअध्यक्ष यम कुमार बस्नेत, स्वास्थ्यकर्मी देबेन्द्र कुमार सेन, समाजसेवी भद्रसिंह बुढा, दुर्गा पुन लगाएतकाले बोल्दै चन्दा आतंक मच्चाउदैँ आएका ती ब्यक्तिले लगाएको आरोपमा सत्यता नभएको बताउनुभएको छ ।