युथ अफ ग्रुप्स सल्यानद्धारा फलफूल तथा जुस वितरण

सल्यान २४, साउन ।
सल्यान जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको छ । यूथ अफ ग्रुप्स सल्यानको आयोजनामा अस्पतालमा रहेका बिरामीहरुलाई शुक्रवार फलफूल तथा जुस वितरण गरिएको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएका यूवाहरुको आर्थिक सहयोगमा अस्पतालमा रहेका २४ जना बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको अभियान्ता अनिल भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय यूवाहरुको यस ग्रुपले सामाजिक कार्य गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस