सल्यानमा कोरोना संक्रमितको संख्या २६० पुग्यो : आज एक जना थपिए

सल्यान ३०, साउन ।
सल्यानका थप एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा शुक्रवार जिल्लाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का २५ वर्षीय पुरुष रहेका छन ।

यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ६० पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जसमध्ये २ सय ४९ जना निको भएर घर फर्किएका छन् । बाँकी ११ जना आइसोलेसनमा उपचाररत रहेका छन् । जसमा बन्गाड कुपिण्डे नगरपालिकाका ७ जना संक्रमित बन्गाड आइसोलेसनमा रहेका छन् । यस्तै कालीमाटी गाउपालिका २ र बागचौर नगरपालिका तथा त्रिबेणी गाउपालिकाका १÷१ जना कोरोना संक्रमित गरेर ४ जना संक्रमित लुहापिङ आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस