छत्रेश्वरी गाउपालिका अध्यक्षले मनलाग्दी रुपमा गाउँसभा बोलाए : गाउँसभा सदस्य

सल्यान ३१, साउन ।
सल्यानको छत्रेश्वरी गाउपालिकाको गाउँसभा सदस्यहरुले गाउपालिका अध्यक्षले मनलाग्दी रुपमा गाउँसभा बोलाएको बताएका छन् । गाउपालिका अध्यक्षको गाउसभा बोलाउन पाउने अधिकार भएपनि कार्यपालिकाको सिफारिसमा मात्रै गाउसभा बोलाउनुपर्ने भन्दै उनीहरुले अहिले अध्यक्षले मनलाग्दी रुपमा एक दिन बिराएर गाउँसभा बोलाएको बताएका हुन् ।

शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले कार्यपालिकाको सिफारिस बिना गाउपालिका अध्यक्षले मनलाग्दी रुपमा गाउसभा बोलाउनु नितान्त गैरकानुनी बिषय भएको बताएका छन् । ‘गाउपालिका अध्यक्षले पटक पटक आह्वान्न गरेको गाउसभामा आर्थिक बर्ष २०७७÷०७८ को वजेटको बिषय मूख्य एजेण्डा थियो, तर बिषयगत समिती मार्फत छलफल हुदैँ कार्यपालिकामा पारित भई गाउसभामा लैजानु पर्ने कानुनी प्रावधानको ठाडो उलंघन भएकोले उक्त बिषय र प्रक्रिया प्रति आपत्ती जनाउँदछौँ’ बिज्ञप्तीमा भनिएको छ ।

यस्तै गाउँसभामा सहभागी गाउँसभा सदस्यहरुलाई गाउपालिका अध्यक्ष कै निर्देशनमा करारका कर्मचारीहरुले अभद्र ब्यबहार गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । ‘अध्यक्ष कै प्रत्यक्ष निर्देशनमा करार कर्मचारीहरुको संघर्ष समिती गठन गरी गाँउसभामा सहभागी गाँउसभा सदस्यहरुलाई अभद्र ब्यबहार गर्न लगाउने, गेट बन्द गरी थुन्न प्रयत्न गर्न लगाउने तथा कुनै पनि छलफल नगरी आफुखुसी वजेट, कानुन, नियम बनाउन खोज्ने खालका गैरक्रियाकलाप प्रति घोर आपत्ति प्रकट गर्दछौँ’ गाउसभा सदस्यद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस