‘राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्छ’ : कृषि मन्त्री केसी

सल्यानमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट ३९ फर्म तथा कृषक सम्मानित

 

सल्यान ३२, साउन ।
कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले राष्ट्रको समृद्धि र आर्थिक उन्नतीको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले राम्रो काम गर्नेलाई सम्मान गर्दा उनीहरुलाई थप आत्मवल बढ्ने र काममा निरन्तर लाग्न प्रोत्साहन मिल्ने भएकाले राम्रो काम गर्ने सबैलाई सम्मान गर्नुपर्ने बताउनुभएको हो । शनीवार सल्यानको खलंगामा आयोजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै भन्दा सम्मानित पेशा कृषि भएकाले प्रदेश सरकारले कृषकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । ‘कृषिमा ब्यबसायिकरण, आधुनिकरण, यान्त्रिकिकरण तथा वजारीकरण महत्वपूर्ण कुरा हो, यसलाई बिशेष महत्वका साथ लिनुपर्दछ’ उहाँले भन्नुभयो ‘त्यसका लागी कृषकलाई सम्मान तथा प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री केसीले कृषकलाई सम्मान गर्नको लागी प्रदेश सरकारले प्रदेशमा २ जना कृषि नायक÷नायिका घोषणा गरेर सम्मान गर्ने तयारी गरिरहेको बताउनुभयो । ‘तपाईहरु ढुक्कसँग कृषि कर्ममा लाग्नुहोस, कृषिजन्य बस्तुको बजारीकरणको जिम्मेवारी सरकारले लिन्छ’ उहाँले अघिभन्नुभयो ‘कृषिमा पनि थुप्रै बिचौलिया छन्, बिचौलिया अन्त्यको लागी सरकार प्रयत्नशित भएर लागेको छ ।’

कृषिमा क्रान्ति नहुदाँ सम्म आर्थिक क्रान्ति नहुने भन्दै उहाँले यसका लागी प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । ‘मेरो किसान मेरो अन्नदाता कार्यक्रम’, ‘किसान र सरकार हातेमालो कार्यक्रम’, ‘अर्गानिक नमुना कृषि कार्यक्रम’ लगाएतका थुप्रै कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले कृषि क्षेत्रमा कृषकहरुलाई प्रोत्साहन दिनको लागी ब्याज अनुदानको कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, त्रिवेणी गाउपालिका उपाध्यक्ष करुणा खड्का, सुन्तला कृषक लोक बहादुर डाँगी, तरकारी कृषक पुर्णवती बुढाथोकी लगाएतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख महेश आचार्य र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका पशु विकास अधिकृत कपिल प्रसाद उपाध्यायले आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न भएका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । कृषि विकास कार्यालयका प्रमुख आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सूचना अधिकारी रेशम कुमार बस्नेतले गर्नु भएको थियो ।


मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट ३९ फर्म तथा कृषक सम्मानित
सल्यानमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमबाट ३९ वटा फर्म तथा कृषक सम्मानित भएका छन् । कृषि विकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा जिल्लामा कृषि तथा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने नमुना कृषक, पशुपालक, सहकारी र कृषक समूह मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन् । जसमा कृषि विकास कार्यालयबाट जिल्लास्तरमा २ जना उत्कृष्ट कृषक तथा २ वटा सहकारी सम्मानित भएका हुन् भने पालिकास्तरबाट छनोट भएका १५ जना कृषक सम्मानित भएका छन् ।

जसमा कृषिबाट जिल्ला स्तरमा उत्कृष्ट कृषकमा फलफुल खेतीबाट बागचौर नगरपालिका ९ का लोक बहादुर डाँगी, तरकारी खेतीबाट सिद्ध कुमाख गाउँपालिका ३ फलाँटेकी पूर्णवती बुढाथोकी सम्मानित भएका छन् । समुह सहकारी तर्फबाट जनसेवि कृषि सहकारी संस्था लिमिटेड शारदा नगरपालिका १ पटनेरी र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका ६ लुहाम रहेका छन् ।

यस्तै पशुपालन तर्फ खड्का बहुउद्देश्यीय कृषि फर्मका करुणा खड्का र तुसारेखोला बुहउद्देश्यीय कृषि फर्मका सुजन बोहरा पुरस्कृत भएका छन् । समूह तर्फबाट खप्परेखोला बाख्रा पालन समूह कालिमाटी ७ पुरस्कृत भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित