सल्यानका थप २ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ सय ६२ पुग्यो

 

सल्यान १, साउन ।
सल्यानका थप २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा १ जना र भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा १ जना गरी जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका १ जना र कपुरकोट गाउपालिकाका १ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यस्तै जिल्लाको लुहापिङ आइसोलेसनमा उपचारत २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमा जिल्लाको बागचौर नगरपालिका र त्रिबेणी गाउपालिकाका १÷१ जना रहेको उहाँको भनाई छ ।

यससँै जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय ५१ पुगेको छ । बाँकी १० जना आइसोलेसनमा उपचाररत रहेका छन् । उनीहरुलाई लुहापिङ आइसोलेसन र बन्गाड आइसोलेसनमा राखिएको छ भने कपुरकोटका कोरोना संक्रमितलाई भने दाङको आइसोलेसनमा राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको कपुरकोट स्थित अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछी सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । अदुवावाली अनुसन्धान कार्यक्रममा कार्यरत कर्मचारी, कामदार तथा जनप्रतिनिधी, ब्यापारि ब्यवशायी गरेर ८१ जनाको स्वाब संकलन गरेर सोमबार दाङमा कोरोना परिक्षणका लागि पठाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस