क्यान्सर पिडित निकितालाई भलिबल खेलाडीको आर्थिक सहयोग

सल्यान २, साउन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका १ देवस्थल निवासी क्यान्सर पिडित निकिता पुनको उपचारको लागी आर्थिक सहयोग गरिएको छ । सिभिल हस्पिटल काठमाडौ उपचारत निकिताको उपचारको लागी भलिवल खेलाडीहरुले आर्थिक सहयोग गरेका हुन् । भारतको अहमतावादमा त्यहाँ रहेको बन्गाडका नागरिकहरुको सक्रियतामा आज १ लाख ७० हजार रुपैया निकिताको खातामा जम्मा गरिएको छ ।

त्यहाँ स्थित भलिबल खेलाडी रविन गोसाइको नेतृत्वमा नन्द सिंह विक, डिल्ली वुढा, गंगाराम खत्री, विनोद वुढा, खुमबहादुर खड्का, अमर पुन र धनसिहं वोहरा लगाएतको टिम केहिदिन देखि खटिएर जम्मा भएको रकम आज निकिताको खातामा जम्मा भएको छ । साथै भारत, नेपाल र अन्य देशहरुबाट समेत निकिता वचाउ अभियानमा नेपालीहरुले सहयोग गरिरहेको बुवा ठगे पुनले जानकारी दिनुभयो ।

अझै समेत उपचारमा थप रकम लाग्ने भएकोले सिधै लक्ष्मी वैंक खाता नम्बर ०६९२०००४४६३ जम्मा गर्नु सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित