सल्यानको बनगाड खोलामा बगेर एक जना बेपत्ता : खोजी कार्य जारी

सल्यान ३, साउन ।
सल्यानको बन्गाड खोलाले बगाउदाँ एक जना बेपत्ता भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको त्रिवेणी वजारमा निर्माणाधिन पक्की पुलको निर्माण कार्यमा संलग्न कम्पनीका प्रतिनिधिलाई बनगाड खोलाले बगाउदाँ बेपत्ता भएका हुन् ।

हरीहरी निर्माण सेवाका कर्मचारी दोलखा घर भएका दिलिप केसीलाई पुलको क्याम्प नजिकै पुल निर्माण सामग्री वचाउन खोज्दा गएराति १ वजे बनगाड खोलामा आएको वाढीले वगाएको प्रहरीले जनाएको छ । बनगाड खोलाले सयौं विघा खेतीयोग्य जमिन कटान गरेको छ भने खोला आसपास लगाएको तटबन्ध समेत भत्किएको छ । खोलाले धान खेतिमा ठुलो क्षेती पुर्याएको छ ।

सल्लिवजारको गैलिवजारमा समेत खोलाले क्षती गरेको छ । खोलाले गर्न सक्ने जोखिमलाई ख्याल गरेर स्थानीय छिन्चु जाजरकोट सडक खण्डको पक्कि पुलमा वसेका थिए । उक्त पुलको ५० मिटर तटबन्ध र पुल समेत चर्किएको छ । खोलाले मानिस वगाएको खवर सुनेपछि ईलाका प्रहरी कार्यालय सल्लिवजारका इन्चार्ज मिनवहादुर खड्काको टोली उद्धारका लागि त्यसतर्फ गएको थियोे ।

बेपत्ता उनको विहानै देखी प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । पुलको वेस क्याम्पसंगै रहेको निर्माण सामग्री जोगाउने प्रयासमा उनीसँगै रहेका अरु ३ जना भने भागेर वाच्न सफल भएका छन् भने अर्का एक जनालाई वग्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । बाढीले गर्छे बजारमा प्रसाद वुढाको घर सँगै केही घट्टहरु वगाएको छ ।

प्रतिक्रिया दिनुहोस